जनकपुरमा सर्वोच्चको फैसलाको स्वागतमा र्‍याली र मैनबत्ती प्रज्वलन – Nepal Press

जनकपुरमा सर्वोच्चको फैसलाको स्वागतमा र्‍याली र मैनबत्ती प्रज्वलन

युवा संघका कार्यकर्ताले प्रधानन्यायाधीशको पुत्ला जलाए

जनकपुरधाम । संयुक्त लोकतान्त्रिक गठबन्धनले जनकपुरमा सर्वोच्च अदालतले गरेको संसद पुन:स्थापनाको फैसलाको स्वागतमा र्याली निकालेको छ ।

नेपाली काँग्रेस, नेकपा एमाले माधव समूह, नेकपा माओवादी केन्द्र र जसपाले सर्वोच्चको फैसलाको स्वागतमा र्याली निकाल्नुका साथै मैनबत्ती प्रज्वलन गरेको हो । रेल्वे स्टेशनबाट निकालेको र्‍यालीले जनकचोकमा पुगेर मैनवत्ती प्रज्वलन गरिएको छ ।

र्‍यालीमा गठबन्धनका नेता कार्यकर्ताहरुले आजलाई होइन् भोलीलाई, देश निकाल ओलीलाई, लोकतन्त्र जिन्दावाद, केपी ओली मुर्दावाद जस्ता नारा लगाए ।

यूवा संघका कार्यकर्ताले प्रधानन्यायाधीशको पुत्ला जलाए

नेकपा एमालेका राष्ट्रिय यूवा संघका कार्यकर्ताहरुले जनकपुरमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको पुत्ला जलाएका छन् ।

संसद पुन:स्थापनाको फैसलालाई असंवैधानिक भन्दै प्रधानन्यायधीश राणको पुत्ला जनकपुरको मिल्स एरियामा यूवा संघका कार्यकर्ताहरुले जलाएका हुन् । उनीहरुले प्रधानमन्त्री केपीशर्मा ओलीको पक्षमा र सर्वोच्च अदालतका प्रधानन्यायाधीश राणको विपक्षमा नाराबाजी समेत गरेका छन् ।

संसद पुन:स्थापनाको फैसला आउनुअघि यूवा संघका कार्यकर्ताले जनकपुरमा मोटरसाइकल र्‍याली निकालेका थिए । लगत्तै फैसला आएपछि उनीहरुले जनकपुरको पिडारी चोकमा टायर बालेर प्रदर्शन गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर