७३ अंकले बढ्यो नेप्से, कारोबार रकम दोब्बर वृद्धि – Nepal Press

७३ अंकले बढ्यो नेप्से, कारोबार रकम दोब्बर वृद्धि

काठमाडौं । कारोबारको पहिलो दिन नेप्से परिसूचक ७३.३३ अंकले बढ्दै २८९८.४३ विन्दुमा रोकिएको छ । आज ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि १३.५१ अंकले बढेको छ ।

कारोबार संख्या र रकममा उल्लेखनीय वृद्धि भएको आज ३ करोड १५ लाख ८८ हजार ८५० कित्ता सेयर किनबेचमा ८ अर्ब ६ करोड १३ लाख ८२ हजार ४९६ रूपैयाँ कारोबार भएको छ । यो गत विहीबारभन्दा ४ अर्बले बढी हो । आज सबै समूहको उपसूचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै फाइनान्स र विकास बैंकका समूहका लगानीकर्ताले कमाएका छन् ।

आज एनआईसी एसिया बैंकको सबैभन्दा धेरै ३९ करोडको कारोबार भयो । यस्तै नविल बैंकको २५ करोड बराबरको कारोबार भएको छ । आज तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने अन्य २२ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा पुगेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर