स्थायी कमिटी बैठकबारे थाहा छैन, जाँदा पनि जाँदैनौ : न्यौपाने – Nepal Press

स्थायी कमिटी बैठकबारे थाहा छैन, जाँदा पनि जाँदैनौ : न्यौपाने

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले स्थायी कमिटीको बैठकबारे जानकारी नभएको बताएका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता न्यौपानेले बैठकबारे जानकारी नभएको बताएका हुन् । अध्यक्ष केपी शर्मा ओलीले आज ४ बजे एमाले स्थायी कमिटीको बैठक बोलाएका छन् । बैठकमा माधव पक्षका स्थायी कमिटी सदस्यहरूलाई पनि बोलाइएको छ । न्यौपानेले भने बैठकमा आफूहरु नजाने स्पष्ट पारेका छन् ।

‘बैठकबारे हामीलाई थाहै छैन । बैठक हो भने पनि ३ बजे बोलाएर ४ बजे को जान्छ ?’, न्यौपानेले नेपाल प्रेससँग भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर