विम्बल्डनको फाइनलमा जोकोभिच र बेरेटिनी भिड्ने – Nepal Press

विम्बल्डनको फाइनलमा जोकोभिच र बेरेटिनी भिड्ने

काठमाडौं । विम्बल्डन टेनिस ग्रान्ड स्लामको पुरुष सिङ्गलतर्फ फाइनलमा विश्व नम्बर एक नोभाक जोकोभिच र सातौं बरियताका माटेओ बेरेटिनी भिड्ने भएका छन् ।

शुक्रबार भएको सेमिफाइनलमा क्यानडियन डेनिस सपोभालोभलाई ७-६ (७-३), ७-५, ७-५ को सोझो सेटमा पराजित गर्दै जोकोभिच सातौं पटक विम्बल्डनको फाइनलमा पुगेका हुन् ।

यस्तै, बेरेटिनी भने पहिलो पटक ग्रान्डस्लामको फाइनलमा पुगेका हुन् । बेरेटिनीले गत महिना भएको फ्रेन्च ओपनमा क्‍वार्टरफाइनलसम्म तय गरेको यात्रा नै हालसम्मको उच्च सफलता थियो ।

तर, फाइनल यात्रा भने बेरेटिनीले पहिलो पटक तय गरेका हुन् । विश्व बरियताको शीर्ष स्थानका १९ पटकका ग्रान्डस्लाम च्याम्पियन जोकोभिचलाई पराजित गरेर पहिलो उपाधि जित्न बेरेटिनीलाई कठिन चुनौती छ ।

यी दुईबीचको फाइनल आइतबार हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *