नेवानीका प्रबन्ध निर्देशकको कार्यकक्षमा लगाइएको ताला प्रहरीले खुलायो – Nepal Press

नेवानीका प्रबन्ध निर्देशकको कार्यकक्षमा लगाइएको ताला प्रहरीले खुलायो

काठमाडौं । नेपाल वायु सेवा निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलको कार्यकक्षमा कर्मचारीले लगाएको ताला प्रहरीले खुलाएको छ ।

संस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्रालयले गृह मन्त्रालयलाई ताला खुलाउन पत्राचार गरेपछि प्रहरी लगाएर ताला तोडिएको हो ।
असार १८ गतेदेखि निगमका कर्मचारीले निगमलाई पव्लिक लिमिटेड कम्पनीमा लैजान लागिएको विरोधमा तालाबन्दी गरेका थिए । प्रहरीले ताला खुलाए पनि प्रबन्धन निर्देशक पौडेल भने कार्यालयमा गएका छैनन् ।

पौडेलले निगमलाई निजीकरण गर्न खोजिएको भनेर अनावश्यक भ्रम फिँजाइएको बताउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर