बढुवा भएका ४ सचिवको पदस्थापन (को कहाँ) – Nepal Press

बढुवा भएका ४ सचिवको पदस्थापन (को कहाँ)

लामो समयपछि गण्डकी र कर्णली प्रदेशले प्रमुख सचिव पाए

काठमाडौं । सरकारले सहसचिवबाट सचिवमा बढुवा गरेका ४ जना सचिवको पदस्थापन गरेको छ । बढुवा भएका सचिव डा. दामोदर रेग्मीको गण्डकी प्रदेश प्रमुख सचिवमा पदस्थापन र गणेश प्रसाद पाण्डेको कर्णाली प्रदेश प्रमुख सचिवमा पदस्थापन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको हो ।

कार्यालयका अनुसार इन्जिनियरिङ सेवातर्फ प्रमिला बज्राचार्यलाई खानेपानी मन्त्रालय र कृषि तथा वन सेवाका डा. कृष्णप्रसाद आचार्यलाई कृषि तथा पशुपन्छी मन्त्रालयमा पदस्थापन गर्ने निर्णय भएको कार्यालयका प्रवक्ता समेत रहेका सहसचिव किरणराज शर्माले नेपाल प्रेसलाई जानकारी दिए ।

गत बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ४ जना सचिवलाई बढुवा तथा पदस्थापन गर्ने निर्णय गरेको थियो । गण्डकी प्रदेश सरकारको प्रमुख सचिव करिव ४ ३ महिनादेखि र कर्णाली प्रदेशको प्रमुख सचिव १ महिनादेखि रिक्त रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर