महान्यायाधिवक्ताले तोकेको समय सभामुख पक्षद्वारा अस्वीकार, प्रधानन्यायाधीशले भने- अहिलेलाई त्यही गरौँ – Nepal Press
संवैधानिक इजलास

महान्यायाधिवक्ताले तोकेको समय सभामुख पक्षद्वारा अस्वीकार, प्रधानन्यायाधीशले भने- अहिलेलाई त्यही गरौँ

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा विपक्षी बनाइएको सरकार र सभामुख पक्षबीचको विवाद संवैधानिक इजलासमा प्रवेश गरेको छ ।

आजको सुनुवाइको अन्तिममा महान्यायाधिवक्ता रमेश बडालले इजलासले व्यवस्थापन गरेको समयमा बहस गर्नेबारे सभामुख पक्षसँग भएको असहमति जानकारी गराएका हुन् ।

सभामुख पक्षलाई १ घण्टाको समय दिन तयार भएपनि अस्वीकार गरेको महान्यायाधिवक्ताले इजलास समक्ष बताए । महान्यायाधिवक्ताको भनाइपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सभामुख पक्षलाई १ घण्टाकै समय दिएको मानेर बाँकी १४ घण्टामा बहस सक्न महान्यायाधिवक्तालाई आदेश गरेका छन् ।

‘सभामुख पक्षले रिट निवेदन जारी गर्नुपर्छ भन्नुहुन्छ हामी खारेज गर्नुपर्छ भन्छौं । उहाँहरूलाई बहसको छुट्टै समय तोकिएको छैन । हामीले १ घण्टा दिएको हो उहाँहरू मान्नुभएन’, महान्यायाधिवक्ता बडालले भने ।

बडाललाई उत्तर दिँदै प्रधानन्यायाशीध राणाले भने, ‘ल ठीक छ । अहिलेलाई त्यहीँ १ घण्टा गरौँ, अब तपाईंहरूको १४ घण्टा भयो । आवश्यक परे पछि थपौँला । अहिलेलाई यत्ति गरौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर