मेलम्ची बाढीपीडितलाई काठमाडौं महानगरले २ कराेड दिने – Nepal Press

मेलम्ची बाढीपीडितलाई काठमाडौं महानगरले २ कराेड दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले बाढी प्रभावित सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई २ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

काठमाडौं महानगरपालिका र मेलम्ची नगरपालिकाबीच भगिनी सम्बन्ध रहेकोले उक्त रकम सहयोग गर्ने निर्णय गरिएको महानगरले जनाएको छ । बाढी प्रभावित मेलम्ची नगरपालिकालाई महानगरले दुई करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

महानगरको आज बसेको नगर परिषद्को बैठकले बाढीले क्षति पुयाएको संरचना निर्माण गर्नको लागि २ करोड रकम सहयोग गर्ने घोषणा गरेको महानगरका प्रवक्ता ईश्वर डंगोलले नेपालप्रेसलाई बताए ।

उनले भने,‘ बाढीले मेलम्ची नगरपालिकामा ठूलो धनजनको क्षति पुयाएकाले तत्कालै हामी रकम मेलम्चीलाई हस्तान्तरण गर्छो । उहाँहरुले आफनो आवश्यकता अनुसार प्रयोग गर्न सक्नुहुन्छ ।’ उनका अनुसार मेलम्चीलाई उपलब्ध गराइने भनिएको रकमभने महानगरको विपद्कोषबाट दिन लागिएको हो ।

बाढी प्रभावित हेलम्बु गाउँपालिकालाई भने रकम सहयोग गर्ने कुनै निर्णय नभएको उनले बताए । मंगलबार राति आएको बाढीले हेलम्बु र मेलम्ची बजार डुबानमा परेको थियो । हालसम्म बाढीमा परि ७ जनाको मृत्यु भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर