गण्डकीका नवनियुक्त मुख्यमन्त्रीलाई प्रदेश २ का मुख्यमन्त्रीले दिए बधाई – Nepal Press

गण्डकीका नवनियुक्त मुख्यमन्त्रीलाई प्रदेश २ का मुख्यमन्त्रीले दिए बधाई

जनकपुरधाम । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र मन्त्री विजय कुमार यादवले बधाई दिएका छन् ।

मुख्यमन्त्री राउतले विज्ञप्ती नै जारी गरेर गण्डकीका नवनियुक्त मुख्यमन्त्री पोखरेललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् । यस्तै प्रदेशका आर्थिक मामिला तथा कानून मन्त्री विजय कुमार यादवले पनि सामाजिक सञ्जाल मार्फत मुख्यमन्त्री पोखरेललाई बधाई दिएका छन् ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका पोखरेल शनिबार नियुक्त भएका हुन् । उनलाई जनता समाजवादी पार्टीको पनि समर्थन रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *