आधिकारीक ट्रेड युनियनको निर्वाचन मिती घोषणा गर्न कर्मचारी संगठनको माग – Nepal Press

आधिकारीक ट्रेड युनियनको निर्वाचन मिती घोषणा गर्न कर्मचारी संगठनको माग

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले आधिकारीक ट्रेड युनियनको निर्वाचन मिती घोषणा गर्न सरकारसँग माग गरेको छ । संगठनले विज्ञप्ती जारी गर्दै निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियनको निर्वाचनको मिती तत्काल तोक्न सम्बन्धित निकायलाई निर्देशन दिन र प्रमुख निर्वाचन अधिकृत तोक्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग माग गरेको हो ।

विद्यमान क्रियाशिल राष्ट्रिय स्तरका ट्रेड युनियनको परामर्शमा निर्वाचनको मिती तोक्न र निर्वाचन अधिकृत तोक्न संगठनका अध्यक्ष केदार प्रसाद देवकोटाले विज्ञप्तीमार्फत माग गरेका हुन् । निर्वाचनबाट अर्को आधिकारीक ट्रेड युनियन गठन नभएसम्मका लागि विद्यमान राष्ट्रिय स्तरमा मान्यता पाएका क्रियाशील राष्ट्रिय स्तरका ट्रेड युनियले गर्ने सामुहिक सौदावाजी लगायतको कार्य केन्द्र र जिल्ला तथा विभागीय स्तरमा हुने पनि विज्ञप्तीमार्फत जनाइएको छ ।

पाँच वर्ष अघि २०७३ जेठ १९ गते निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियनको निर्वाचन सम्पन्न भई केन्द्रीय स्तर र जिल्ला तथा विभाग स्तरमा कार्य समिति गठन भएको थियो । यस निर्वाचनको प्रतिस्पर्धामा रहेका ट्रेड युनियनमध्ये कानून बमोजिम तोकिएको थ्रेसहोल्ड कटाएका राष्ट्रिय स्तरका ट्रेड युनियनको संख्या ३ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *