एमाले नेतृत्वलाई सुदूरपश्चिमको अवज्ञा- ओली र माधव पक्ष को बलियो ? – Nepal Press

एमाले नेतृत्वलाई सुदूरपश्चिमको अवज्ञा- ओली र माधव पक्ष को बलियो ?

कैलाली । नेकपा एमाले विवादमा केन्द्रलाई टक्कर दिने अहिले सुदूरपश्चिम प्रदेशमात्र देखिएको छ । भीम रावल नेतृत्वको माधव नेपाल पक्षीय एमाले अन्य प्रदेशको तुलनामा यहाँ बलियो छ ।

पार्टी केन्द्रको निर्णयविपरीत सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको माधव नेपाल पक्ष माओवादी नेतृत्वको सरकारमा सामेल भयो । आफ्नै पार्टीविरुद्ध लागेर माओवादीको सरकारमा सहभागी भएको भन्दै एमाले प्रदेश कमिटीले कारबाही प्रक्रिया अघि बढाएको छ ।

केन्द्रमा बढ्दो विवादको प्रभावस्वरुप सुदूरपश्चिममा पनि एमालेको माधव नेपाल पक्षले संस्थापन पक्षलाई चुनौती दिएको छ । तर, प्रदेशसभाबाहेक राज्यका अरु तह र पार्टीमा माधव पक्ष कमजोर छ ।

सुदूरपश्चिममा राष्ट्रियसभा, विघटित प्रतिनिधिसभा, स्थानीय तह र पार्टी केन्द्रमा कुन पक्षका कति-कति छन् ? यस्तो छ हिसाब :

राष्ट्रियसभामा नेपाल पक्षका एकजना मात्रै

राष्ट्रियसभामा सुदूरपश्चिमबाट चार सदस्य सहभागी छन् । तीमध्ये तीन जना ओली पक्षमा छन् भने एक जना नेपाल पक्षमा छन् । ओली पक्षमा रहेका कञ्चनपुरमा इन्दु कडरिया विष्ट, डडेल्धुराका चक्र स्नेही र कैलालीकी शारदा भट्ट छन् । नेपाल पक्षमा अछामका शेरबहादुर कुँवर एक्ला छन् ।

विघटित प्रतिनिधिसभामा दुई गुणा बढी संस्थापन पक्ष

विघटित प्रतिनिधिसभामा सुदूरपश्चिमबाट सहभागी सदस्यमा एमालेको संस्थापन पक्षका धेरै छन् । प्रत्यक्षतर्फ १६ निर्वाचन क्षेत्रमा एमालेका ११ सांसद थिए । तीमध्ये ओली पक्षमा ९ जना र नेपाल पक्षमा ३ जना मात्रै छन् । समानुपातिकसमेत जाेड्दा ओली पक्षमा १२ र नेपाल पक्षमा ५ जना हुन्छन् ।

कैलालीका नारदमुनि राना, कञ्चनपुरका नरबहादुर धामी, डोटीका प्रेम आले, बैतडीका दामोदर भण्डारी, बाजुराका लालबहादुर थापा, बझाङका भैरवसिंह, दार्चुलाका गणेश ठगुन्ना र अछामका यज्ञ बोगटी ओली पक्षमा छन् । नेपाल पक्षमा भने अछामका भीम रावल, कैलालीका झपट रावल र कञ्चनपुरका दीपक प्रकाश भट्ट छन् । भट्ट नेपाल पक्ष भित्र पनि घनश्याम भुसाल निकट हुन् ।

विघटित प्रतिनिधिसभामा एमालेको तर्फबाट समानुपातिकमा प्रदेशका ५ जना थिए । कैलालीकी लक्ष्मी चौधरी र डडेल्धुराकी निरादेवी जैरु नेपाल पक्षमा छन् भने कञ्चनपुरकी निरु पाल, विना बुढाथोकी र बझाङकी आशा विक ओली पक्षमा छन् ।

माओवादीबाट निर्वाचित लेखराज भट्ट र गौरीशंकर चौधरीमा पनि एमाले प्रवेश गरेपछि ओली पक्ष थप बलियो भएको छन् ।

५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुखबाहेक २४ जना एमालेका सांसद छन् । केही दिनअघिसम्म २४ मध्ये १८ सांसद माधव पक्षमा थिए भने ६ सांसद संस्थापन अर्थात् ओलीपक्षतिर ।

तर, पछिल्लो सयम सदूरपश्चिमका प्रभावशाली तीन सांसद संस्थापनतिर लागेका छन् । सुदूरपश्चिम प्रदेशका पूर्व प्रमुख सचेतक तारा लामा तामाङ, कुलवीर चौधरी र बलदेव रेग्मी अहिले ओली पक्षमा देखिएका छन् । तामाङ र चौधरी कञ्चनपुरका हुन् भने रेग्मी बाजुराका हुन् ।

यसअघि कैलालीका रतन थापा र नेपालु चौधरी, डडेल्धुराका पठानसिंह बोहरा, बैतडीका लिलाधर भट्ट, दार्चुलाका गेल्बुसिंह बोहरा र बझाङकी माया तामाङ बोहरा ओली पक्षमा थिए । बोहराबाहेक सबै प्रत्यक्ष निर्वाचित सांसद हुन् । एमालेका ८ जना समानुपातिक सांसदमध्ये एक जना मात्रै ओली पक्षमा छन् । अन्य ७ जना नेपाल पक्षमा छन् । पूर्णा जोशी, मना साउद, अर्चना गहतराज, माया भट्ट, दुर्गा विक, चुनकुमारी चौधरी र सुशीला बुढाथोकी समानुपातिक सांसद हुन् ।

प्रत्यक्षतर्फ माधव पक्षका अमरबहादुर साउद, कृष्णराज सुवेदी, दीर्घ सोडारी, प्रकाश शाह, प्रकाश रावल, लालबहादुर सोडारी, लालबहादुर खड्का र हर्कबहादुर कुँवर छन् ।

पार्टी केन्द्रमा ओली पक्षका दोब्बर

पार्टीको २६१ सदस्य केन्द्रीय कमिटीमा सुदूरपश्चिम प्रदेशका २५ जना छन् । तीमध्ये ओली पक्षका १७ जना छन् भने नेपाल पक्षका ८ जना छन् । लेखराज भट्ट, कर्ण थापा, महेश्वर पाठक, राजेन्द्र रावल, दीपक देवकोटा, नारदमुनि राना, लालबहादुर विक, गौरीशंकर चौधरी झपट बोहरा, लीला भण्डारी, प्रेम आले, गौरी ओली, पुरनसिंह दयाल, गणेशसिंह ठगुन्ना, लालबहादुर थापा, निरु पाल र भैरव सिंह छन् । नेपाल पक्षमा भने भीम रावल, झपट रावल, गरिमा शाह, विक्रम शाही, रामकुमार ज्ञवाली, भानुभक्त जैसी, निरा जैरु र प्रकाश शाह छन् ।

तीन जिल्लामा नेपाल पक्ष शून्य

८८ स्थानीय तहका पदाधिकारीमध्ये ५० जना ओली पक्षका छन् । नेपाल पक्षमा २९ जना पदाधिकारी छन् । प्रदेशका ७ पदाधिकारी अझै खुलेका छैनन् । बैतडी, दार्चुला र बाजुरामा माधव पक्षका एक जना पनि पदाधिकारी छैनन् ।

कुन जिल्लाको स्थानीय तहका पदाधिकारी कता-कता ?

कैलालीः ओली पक्ष

  • गोदावरी नगरपालिका प्रमुख : हरिसिंह साउद
  • गौरिगंगा नगरपालिकाका प्रमुख : भीम देउवा
  • गौरिगंगा नगरपालिकाका उपप्रमुख : अञ्चला चौधरी
  • घोडाघोडी नगरपालिकाका प्रमुख : ममताप्रसाद चौधरी
  • लम्की चुहा नगरपालिका उपप्रमुख : टीका थापा
  • भजनी नगरपालिका उपप्रमुख : छायाँ देवकोटा
  • टिकापुर नगरपालिका प्रमुख : तपेन्द्र रावल
  • चुरे गाउँपालिका अध्यक्ष : धनबहादुर रोका मगर
  • चुरे गाउँपालिका : दीपादेवी साउद
  • मोहन्याल गाउँपालिका अध्यक्ष (निधन)

कैलालीः नेपाल पक्ष

  • गोदावरी नगरपालिका उपप्रमुख : रत्ना कडायत
  • घोडाघोडी नगरपालिकाका उपप्रमुख : प्रेमकुमारी थापा
  • लम्की चुहा नगरपालिका प्रमुख : महादेव बज्रगाईँ
  • मोहन्याल गाउँपालिका उपाध्यक्ष : पूजादेवी बुढामगर

कञ्चनपुरः ओली पक्ष

  • भिमदत्त नगरपालिका प्रमुख : सुरेन्द्र विष्ट
  • बेल्डाडी गाउँपालिका प्रमुख : धनबहादुर थापा
  • बेल्डाडी गाउँपालिका उपप्रमुख : कमलादेवी कार्की
  • पुर्नवास नगरपालिका उपप्रमुख : शारदा विष्ट शर्मा
  • शुक्लाफाँटा नगरपालिका उपप्रमुख : तुलसी हमाल
  • कृष्णपुर नगरपालिका प्रमुख : कर्ण हमाल
  • कृष्णपुर नगरपालिका उपप्रमुख : रमिता राना
  • बेलौरी नगरपालिका उपप्रमुख : चित्रा चौधरी
  • दोधरा चाँदनी नगरपालिका उपमेयर : चिनी गिरी

कञ्चनपुरः नेपाल पक्ष

  • वेदकोट नगरपालिका प्रमुख : अशोक चन्द
  • पुर्नवास नगरपालिका प्रमुख : जीवन थापा
  • वेदकोट नगरपालिका उपप्रमुख : सुशीला सिंह (तटस्थ)

बैतडीः ओली पक्ष

  • दोगडाकोदार गाउँपालिका अध्यक्ष : चक्र कार्की
  • दोगडाकोदार गाउँपालिका उपाध्यक्ष : पार्वती कार्की
  • डिलासैनी गाउँपालिका अध्यक्ष : उपेन्द्र बोहरा
  • डिलासैनी गाउँपालिका उपाध्यक्ष : पार्वती भण्डारी राना
  • पञ्चेश्वर गाउँपालिका अध्यक्ष : गोरखबहादुर चन्द
  • पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष : बिना भट्ट
  • शिवनाथ गाउँपालिका उपाध्यक्ष : कुस्मा चन्द
  • सुर्नया गाउँपालिका उपाध्यक्ष : लीला विष्ट

दार्चुलाः ओली पक्ष

  • अपि हिमाल गाउँपालिका अध्यक्ष : धर्मानन्द मन्याल
  • अपि हिमाल गाउँपालिका उपाध्यक्ष : उर्मिला बोहरा
  • नौगाड गाउँपालिका अध्यक्ष : प्रेससिंह धामी
  • नौगाड गाउँपालिका अध्यक्ष : गौरीदेवी ठगुन्ना
  • लेकम गाउँपालिका अध्यक्ष : परमानन्द जोशी
  • लेकम गाउँपालिका उपाध्यक्ष : माधवी जोशी
  • मालिका अर्जुन गाउँपालिका उपाध्यक्ष : पुष्पा अवस्थी

डडेल्धुरा : ओली पक्ष

  • अमरगढी नगरपालिका प्रमुख : विश्वेश्वर प्रसाद ओझा

डडेल्धुराः नेपाल पक्ष

  • अमरगढी नगरपालिका उपप्रमुख : सङ्गीता भण्डारी
  • नवदुर्गा गाउँपालिका अध्यक्ष : कविन्द्र विष्ट

डोटी : ओली पक्ष

  • पूविचौकी गाउँपालिका अध्यक्ष : दिर्ग बोगटी
  • पूविचौकी गाउँपालिका उपाध्यक्ष : निर्मला साउद
  • दिपायल सिलगढी नगरपालिका उपप्रमुख : शिवराज खड्का

डोटीः नेपाल पक्ष

  • सायल गाउँपालिका अध्यक्ष : तेजबहादुर डुम्रेल
  • सायल गाउँपालिका उपाध्यक्ष : विष्णा सिंह
  • आदर्श गाउँपालिका अध्यक्ष : टेकबहादुर रोकाया
  • आदर्श गाउँपालिका उपाध्यक्ष : कमलादेवी ओझा
  • जोरायल गाउँपालिका अध्यक्ष : दुर्गादत्त ओझा
  • जोरायल गाउँपालिका उपाध्यक्ष : जमुना बोहरा
  • दिपायल सिलगढी नगरपालिका प्रमुख : मन्जु मलासी
  • सायल गाउँपालिका अध्यक्ष : तेजबहादुर डुम्रेल ( (तटस्थ)

बझाङः ओली पक्ष

  • बित्थडचिर गाउँपालिका अध्यक्ष : प्रेम बोहरा
  • थलरा गाउँपालिका उपाध्यक्ष : गंगुदेवी खडायत
  • जयपृथ्वी नगरपालिका उपप्रमुख : जुना जाग्री
  • मष्टा गाउँपालिका उपाध्यक्ष : भगवती बोहरा
  • तलकोट गाउँपालिका उपाध्यक्ष : धनलक्ष्मीदेवी खत्री

बझाङः नेपाल पक्ष

  • जयपृथ्वी नगरपालिका प्रमुख : वीरेन्द्र खड्का
  • बित्थडचिर गाउँपालिका उपाध्यक्ष : जनकी बोहरा
  • केदारस्यु गाउँपालिका अध्यक्ष : इन्द्र भण्डारी
  • केदारस्यु गाउँपालिका उपाध्यक्ष : निशा धामी
  • दुर्गाथली गाउँपालिका अध्यक्ष : प्रयागराज जोशी नेपाल
  • दुर्गाथली गाउँपालिका उपाध्यक्ष : पार्वती जप्रेल (तटस्थ)
  • छबिस पाथिभरा गाउँपालिका अध्यक्ष : अक्कल धामी
  • छबिस पाथिभरा गाउँपालिका उपाध्यक्ष : राधिका जोशी रताला
  • खप्तड छान्ना गाउँपालिका उपाध्यक्ष : पाउसरा थापा
  • तलकोट गाउँपालिका अध्यक्ष : लालबहादुर विष्ट
  • थलरा गाउँपालिका अध्यक्ष : भुवनेश्वर उपाध्याय (तटस्थ)
  • मष्टा गाउँपालिका अध्यक्ष : कर्णबहादुर कठायत (तटस्थ)

बाजुराः ओली पक्ष

  • जगन्नाथ गाउँपालिका अध्यक्ष : कालीबहादुर शाही
  • जगन्नाथ गाउँपालिका उपाध्यक्ष : एैना गिरी
  • गौमुल गाउँपालिका अध्यक्ष : हरी रोकाया
  • गौमुल गाउँपालिका उपाध्यक्ष : सिता थापा
  • बुढीनन्दा नगरपालिका उपप्रमुख : सृष्टि रेग्मी
  • स्वामिकार्तिक गाउँपालिका अध्यक्ष : चिरञ्जीवी शाही (तटस्थ)
  • स्वामिकार्तिक गाउँपालिका उपाध्यक्ष : निमा बुढा (तटस्थ)

अछामः ओली पक्ष

  • मंगलसेन नगरपालिका प्रमुख : पदमबहादुर बोहरा
  • मंगलसेन नगरपालिका उपप्रमुख : सरिता उपाध्याय

अछामः नेपाल पक्ष

  • साँफेबगर नगरपालिका : कुलबहादुर कुँवर
  • साँफेबगर नगरपालिका उपप्रमुख : निर्मला बुड्थापा
  • चौरपार्टी गाउँपालिका अध्यक्ष : हर्कबहादुर साउद

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *