पर्यटनमन्त्रीलाई मिनेन्द्रको जवाफ : ओलीको अहंकार नै एमालेभित्रको झगडाको बीउ (भिडियो) – Nepal Press

पर्यटनमन्त्रीलाई मिनेन्द्रको जवाफ : ओलीको अहंकार नै एमालेभित्रको झगडाको बीउ (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले कांग्रेसले एमाले र जसपा विभाजन गराउन लागेको भन्ने संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालको आरोप निराधार रहेको बताएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउनका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दावी गरेको टिप्पणी गरेका थिए । त्यसको प्रतिउत्तरमा कांग्रेस नेता रिजालले नेकपा एमालेभित्र झगडाको बीउ आफूहरूले लगाएको नभई प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र सबैलाई पेल्ने प्रवृतिका कारण उत्पन्न भएको आरोप लगाए ।

रिजालले भने, ‘यो निराधार आरोप हो । नेकपा व्यवस्थापन गर्न सक्नुभएन प्रधानमन्त्रीले । उहाँको अहंकार र सबैलाई पेल्ने प्रवृत्तिका कारण पार्टी फुटको संघारमा पुग्दापनि हामी संयमित भयौँ । प्रतिनिधिसभा विघटनपश्चात् पनि कांग्रेसले अविश्वास प्रस्ताव दर्ता नगरेका कारण निकास निस्केन भनेर आलोचना टिप्पणी खायौँ तर अर्काको पार्टीमा पसेनौं । यो बीउ हामीले लगाएको होइन । कांग्रेस अरु कसैको पनि झगडामा परेको छैन । हामीले कसैलाई उत्प्रेरित गरेका छैनौं । दोस्रो पटक प्रधानमन्त्रीले प्रतिनिधिसभालाई विघटन गर्ने प्रपञ्च नगर्दासम्म हामीहरूले उहाँहरुले समर्थन छ भन्दाभन्दै पनि आफैँ चुप लागेर बस्यौँ । बरु त्यसको लागि हामी आलोचित भयौँ । त्यो आलोचना सह्यौँ । अहिले देश र जनताको बृहत्तर स्वार्थ र हितका लागि हामीहरुले उहाँहरुसँग साथ लिएर विकल्प प्रस्तुत गर्न आवश्यक थियो । त्यो विकल्प प्रस्तुत गर्‍यौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर