महामारीमा रगत अभाव हुन नदिन अखिल क्रान्तिकारीको रक्तदान – Nepal Press

महामारीमा रगत अभाव हुन नदिन अखिल क्रान्तिकारीको रक्तदान

काठमाडौं । महामारीमा रगत अभाव हुन नदिन नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संगठनको केन्द्रिय स्वयँसेवक बिभागले आइतबार पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ११ बजे देखी २ बजे सम्म रक्तदान कार्यक्रम सञ्चालन गरेको हो ।

बढ्दो महामारीकाबीच आबश्यक रगतको आपुर्तीमा कमी हुन नपाओस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम शुरु गरिएको र रक्तदान कार्यक्रम सम्पुर्ण स्वास्थ्य मापदण्ड पुरा गरेर सँचालन गरिएको संगठनका प्रवक्ता जीपी मैनालीले जानकारी दिए । महामारीको कठिन परिस्थितीका बाबजुद चलेको रक्तदान कार्यक्रम, संजय काल्धन सँयोजक रहेको केन्द्रिय बिद्यार्थी स्वयंसेवक विभागले आयोजना गरेको हो ।

रक्तदानमा संयोजक काल्धनसहित संगठनका २६ जना नेता कार्यकर्ताले रक्तदान गरेका थिए । संगठनका अध्यक्ष रन्जित तामाङ, उपध्यक्ष इन्द्र भुषाल, कोषाध्यक्ष केशव रावल लगायतकाका पदाधिकारीले रक्तदान गरेको कार्यक्रममा अखिल (क्रान्तिकारी) का पुर्व अध्यक्ष रमेश मल्लले पनि रक्तदान गरेका थिए । कोभिड महामारीकाबीच अखिल क्रान्तिकारीले दुर्लभ शाहीको संयोजकत्वमा ६१ जना चिकित्सक र स्वास्थ्यकर्मीसहितको हेल्प डेस्क ७ वटै प्रदेशमा यस अघि नै सार्वजनिक गरिसकेको पनि प्रवक्ता मैनालीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर