संसद विघटनविरुद्ध पोखरामा नेविसंघको प्रदर्शन – Nepal Press

संसद विघटनविरुद्ध पोखरामा नेविसंघको प्रदर्शन

पोखरा । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले संसद विघटनको विरुद्ध प्रदर्शन गरेको छ । पोखरा न्युरोडमा नेविसंघ आबद्ध कार्यकर्ताले संसद विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

जुलुस कार्यक्रममा नेविसंघका पूर्व केन्द्रीय सदस्य सरोज केसीले प्रधानमन्त्री र राष्ट्रपतिले षड्यन्त्रमूलक तरिकाले देशलाई दुर्घटनातिर आरोप लगाए । उनले कोरोना महामारी भयावहसँग जनताले सामना गरिरहेको समयमा राष्ट्रपतिको निर्णयले देशलाई झनै संकटतिर धकेलेको सुनाए ।

नेविसंघको प्रदर्शनलाई प्रहरीले हस्तक्षेप गरेको थियो । वडा प्रहरी कार्यालय वैदामकी प्रहरी नायव उपरीक्षक (डीएसपी) चिनीमाया तामाङको नेतृत्वमा खटिएको टोलीले विरोध कार्यक्रम हस्तक्षेप गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर