संविधान माथिको आक्रमण स्वीकार्य छैन: तरुण दल – Nepal Press

संविधान माथिको आक्रमण स्वीकार्य छैन: तरुण दल

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले प्रधानमन्त्री र राष्ट्रपतिले संविधान र लोकतन्त्रको धज्जी उडाएको आरोप लगाएका छन् ।

शनिबार एक विज्ञप्ती जारी गर्दै अध्यक्ष बस्नेतले मध्यरातको अध्याँरोमा संविधानको चीरहरण भएको भन्दै संविधान माथिको आक्रमण स्वीकार्य नभएको बताएका छन् ।

‘देश, राष्ट्रियता र लोकतान्त्रिक संविधानको अपव्याख्या गर्दै मध्यरातको अध्याँरोमा संविधानको चीरहरण गर्ने गरी भएको नाङ्गो प्रहारको भत्र्सना गर्ने शब्द नै छैन । यो व्यवस्था र लोकतन्त्रको धज्जी उडाउने काममा संलग्न नायकहरु जनताको सामु घुँडा टेक्ने दिन धेरै टाढा छैन’, विज्ञप्तीमा भनिएको छ ।

अध्यक्ष बस्नेतले संविधानको धारा ७६ को ५ बमोजिम सरकार गठन हुन नदिई संसद विघटन गरिएको कदमविरुद्ध उभिन आह्वान समेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर