चन्द्रागिरी आइसोलेसनमा क्लासिक टेकद्वारा निःशुल्क इन्टरनेट सेवा – Nepal Press

चन्द्रागिरी आइसोलेसनमा क्लासिक टेकद्वारा निःशुल्क इन्टरनेट सेवा

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले सामाजिक दायित्व निर्वाह गर्दै नगरस्तरीय आइसोलेसनका निम्ति निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको छ ।

कोरोनाभाइरस महामारीविरुद्ध लड्नको लागि चन्द्रागिरी नगरपालिका-८ स्थित आइसोलेसन केन्द्रलाई कम्पनीले इन्टरनेट सेवा उपलब्ध गराएको जारी विज्ञप्तीमा उल्लेख छ ।

स्थानीय सामाजिक अभियन्ताद्धय उत्तम कार्की र सन्तोष खड्काको सामाजिक अभियानलाई क्लासिक टेकले सघाएको हो । यो सहयोगमार्फत कम्पनीले बिरामी तथा उनीहरुको परिवारलाई सेवा मिल्ने विश्वास लिएको छ ।

मातातीर्थमा अवस्थित नवनिर्मित सामुदायिक अस्पताल भवनमा अहिले अक्सिजनसहित ३० शैय्याको व्यवस्था गरिएको छ । उक्त भवनमा अहिले कोरोनाभाइरस संक्रमितले उपचार गराउँदै आएका छन् ।

क्लासिक टेकले यसअघि देखि नै संस्थागत सामाजिक भूमिका निर्वाह गर्दै आएको छ । सो आइसोलेसनका लागि कम्पनीले १०० जना प्रयोगकर्ताले सजिलै चलाउन मिल्ने उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराएको छ ।

सोही इन्टरनेट सेवामार्फत संक्रमितले आफ्ना आफन्त र परिवारजनसँग सम्पर्क स्थापित गर्न पाएका छन् । कार्यरत डाक्टर, नर्स र कर्मचारीलाई पनि सेवा प्रदान गर्न सजिलो भएको छ ।

कम्पनीले आगामी दिनमा पनि सामाजिक संस्थागत जिम्मेवारीअन्तर्गत कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर