युवकको मृत्युबारे विस्तृत विवरण उपलब्ध गराउन मानव अधिकार आयोगको निर्देशन – Nepal Press

युवकको मृत्युबारे विस्तृत विवरण उपलब्ध गराउन मानव अधिकार आयोगको निर्देशन

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को नेपाल भारत सीमा नाका नजिकै एक युवककाे मृत्यु भएको घटनाको विस्तृत विवरण उपलब्ध गराउन राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय प्रशासनले निर्देशन दिएको छ ।

आयोगले लुम्बिनी प्रदेश कार्यालयले घटनाको विस्तृत विवरण उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र श्री सशस्त्र प्रहरी २६ नं. गण नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) लाई बुधबार पत्राचार गर्दै निर्देशन दिएको हो ।

आयोगले बुधबार एक विज्ञप्ती जारी गर्दै जिल्लाको प्रतापपुर गाउँपालिका, ६ कठहवामा शसस्त्र प्रहरीको गोली लागी स्थानीय २२ वर्षका अविनाश रायको मृत्यु भएको घटनाप्रति आयोगको ध्यानाकर्षण भएको पनि जनाएको छ ।

आयोगको प्रादेशिक कार्यालयाबाट खटिएको टोलीले घटनाका सम्बन्धमा अनुगमन गर्दै स्थानीय प्रहरी प्रशासनसँग तत्कालै आवश्यक जानकारी पनि लिएको आयोगका प्रवक्ता समेत रहेका सहसचिव डा. टिकाराम पोखरलेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

सीमा नाका बन्द रहेको अवस्थामा सीमा पार गर्न खोज्दा झडप भएको र सशस्त्र प्रहरीले गोली चलाउँदा राय घाइते भएको र अस्पताल लैजाने क्रममा बाटैमा उनको मृत्यु भएको जानकारी आयोगलाई प्राप्त भएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर