प्रदेश सरकारको सहयोगमा सिभिलमा १५० शय्या थप – Nepal Press

प्रदेश सरकारको सहयोगमा सिभिलमा १५० शय्या थप

काठमाडौं । कोरोना संक्रमितको उपचारका लागि सिभिल अस्पतालमा भोलिदेखि १५० शय्या थप हुने भएको छ ।

वाग्मती प्रदेश सरकारको सहयोगमा सिभिल अस्पताल बानेश्वरमा थप १५० शय्या थप गर्ने सम्झौता भएको हो ।

सिभिल अस्पतालमा कोभिड-१९ संक्रमित विरामीहरुको उपचार गर्न सामाजिक विकास मन्त्रालयका बरिष्ठ स्वास्थ्य प्रशासक डा. अर्जुन प्रसाद सापकोटा र सिभिल अस्पतालको तर्फबाट कार्यकारी निर्देशक डा. बिधानानिधि पौडेलले सम्झौतामा हस्ताक्षर गरेका छन ।

सम्झौतामा वागमती प्रदेश सरकारले अस्पताललाई २ करोड २४ लाख ५० हजार अनुदान सहयोग उपलब्ध गराउने उल्लेख छ ।

सिभिल अस्पतालले तोकिएका ढाँचामा उपचाररत कोभिड-१९ बिरामीहरुको अनलाइन प्रतिवेदन दैनिकरुपमा स्वास्थ्य कार्यालय काठमाडौंलाई पठाउने पर्ने छ भने अस्पतालले औषधि, उपकरण, फर्निचर, भवन, जनशक्ति लगायतको गर्नु पर्ने बरिष्ठ स्वास्थ्य प्रशासक डा. अर्जुन प्रसाद सापकोटाले जानकारी दिए ।

सामाजिक विकास राज्यमन्त्री रामकुमार अधिकारी, मुख्य सचेतक दिपक निरौला, प्रदेश सदस्य गणेश प्रसाद दुलालको उपस्थिती थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *