प्रधानमन्त्रीलाई अनेमसंघको ध्यानाकर्षण– सरकार र पार्टीमा महिला सहभागिताको ध्यान जाओस् – Nepal Press

प्रधानमन्त्रीलाई अनेमसंघको ध्यानाकर्षण– सरकार र पार्टीमा महिला सहभागिताको ध्यान जाओस्

काठमाडौ । अखिल नेपाल महिलासंघ (अनेमसंघ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार र पार्टी संरचनामा महिला सहभागिताको लागि ध्यानाकर्षण गराएको छ ।

तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिएका ओलीलाई उनकै पार्टीको महिला संगठनले संविधानले व्यवस्था गरेको सरकार र पार्टीको सबै संरचनामा महिला प्रतिनिधित्वको लागि ध्यानाकर्षण गराएको हो । अनेमसंघले शुक्रबार एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीलाई बधाई ज्ञापन समेत गरेको छ ।

अनेमसंघका सचिव सुजिता शाक्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘राज्यको सन्तुलित विकासका लागि हरेक संरचनामा महिलाको समानुपातिक समावेशिता अनिवार्य पूर्वशर्त हो । यस सन्दर्भमा हाम्रो पार्टीले सकारात्मक भूमिका खेल्दै आएको र संविधानलाई पूर्ण रुपमा पालना गर्न प्रतिवद्द रहेको वर्तमान परिप्रेक्ष्यमा सम्मानीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा गठन हुने मन्त्रीमण्डलमा महिलाको उचित प्रतिनिधित्व हुनेछ भन्ने हाम्रो विश्वास छ ।’

अनेमसंघले प्रधानमन्त्री ओलीलाई हाल विश्वभरी फैलिरहेको महामारीमा जनताको ज्यानको सुरक्षा गर्न र स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने कुरामा पनि प्रधानमन्त्रीको सक्रियताको अपेक्षा गरेको छ । कोरोनाको दोश्रो लहरबाट नेपाल आक्रान्त बनिरहेको अवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *