एमाले कार्यदलबारे विष्णु रिमाल भन्छन्- व्यक्तिको टुंगो लागेको छैन – Nepal Press

एमाले कार्यदलबारे विष्णु रिमाल भन्छन्- व्यक्तिको टुंगो लागेको छैन

काठमाडौं । नेकपा एमालेले पार्टीका कतिपय कमिटीहरुको विवाद टुंगो लगाउन कार्यदल गठन गर्ने भने पनि त्यसमा रहने व्यक्तिहरुको नाम टुंगो नलागेको जनाएको छ ।

अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार भएको तीन घण्टा लामो छलफलमा नेकपा विभाजनपछि तत्कालीन केपी ओली पक्षले गठन गरेका जिल्ला कमिटीहरुको हकमा कसरी समायोजन गर्ने भन्ने बारे कार्यदल गठन गर्ने सहमति भएको छ ।

तर कार्यदलमा को-को रहने भन्ने नाम तय भइ नसकेको स्थायी कमिटी सदस्य तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले नेपाल प्रेसलाई बताए । कार्यदलको संयोजक अर्थमन्त्री तथा संगठन विभाग प्रमुख विष्णु पौडेललाई बनाउन भने दुवै नेता सहमत भएका छन् ।

दुवै तर्फबाट पाँच-पाँच जना नेता कार्यदलमा रहने र त्यसले टुंगो लगाउने बताइएको छ । २०७५ जेठ २ कै वरिपरि रहेर सहमति खोजिए पनि बादलसहितका पूर्व माओवादी नेताहरुबिनाको बैठक भने नबस्ने बताइएको छ ।

ओली र नेपालको छलफलमा तीन सदस्यीय कार्यदल बनाउने प्रस्ताव अध्यक्षले राखेका थिए । तर माधव नेपालले अलि ठूलो आकारमा बनाउने भनेपछि ६ सदस्यीय बनाउने भनेर ओलीले विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल आफ्नोतर्फबाट प्रस्ताव गरेका थिए ।

पछि कुरा गर्दा गर्दै १० सदस्यीय बनाउने भनिएपछि नाम टुंगो नलागेको हो । कार्यदलले एमालेका पदाधिकारी राख्ने नराख्नेदेखि तल्लो तहसम्मका कमिटीहरुको बारेमा सुझाव दिनेछ । तर बादल समूहबिनाको बैठक बस्ने नेपाल पक्षको माग भने कुनै हालतमा पूरा नहुने ओली निकट स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर