सेनाको टोलीद्वारा आमादब्लम हिमाल आरोहण – Nepal Press

सेनाको टोलीद्वारा आमादब्लम हिमाल आरोहण

काठमाडौं । नेपाली सेनाको एक टोलीले आमादब्लम हिमाल सफलतापूर्वक आरोहण गरेको छ ।

“सफा हिमाल अभियान-२०२१” अभियान अन्तर्गत सेनाले उच्च क्षेत्रको फोहोर संकलन गर्ने क्रममा आमादब्लम हिमालको आरोहण गरेको हो ।

आमा दब्लम नेपालको उत्तर-पूर्वमा अवस्थित खुम्बु हिमशृङ्खलामा रहेको ६,८१२ मिटर अग्लो हिमाल हो ।

नेपाली सेनाका सह सेनानी अर्जुन खत्री, हुद्दा प्रकाश कार्की, प्युठ सन्तोष गुरुङ्ग सहित फुरी ग्याल्जेन शेर्पा र पासाङ्ग तेन्जी शर्पा सहितको टोलीले बिहीबार बिहान ९:४५ बजेको समयमा हिमालको चुचुरोमा पुगेको नेपाली सेनाले जनाएको छ  ।

सगरमाथा सहित ६ वटा हिमालहरुको सफाई गर्ने उद्देश्यका साथ संचालित हिमाल सफा अभियान बैशाख १२ गतेबाट सुरु गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर