कर्मचारीलाई कोरोना देखिएपछि सूचना विभागले रोक्यो काम – Nepal Press

कर्मचारीलाई कोरोना देखिएपछि सूचना विभागले रोक्यो काम

काठमाडौं । सूचना विभागले पत्रकारलाई प्रेस पास वितरणलगायतका सबै काम बन्द गरेको छ । कर्मचारीलाई कोरोना देखिएकोले विभागले दिँदै आएको सेवा रोकेको हो ।

सँगै काम गर्ने अन्य कर्मचारीलाई समेत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले सबै सेवा स्थगित गरिएको विभागले सूचनामार्फत जनाएको थियो ।

सूचना विभागले आजदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्म प्रसारण संस्थासँग सम्बन्धित इजाजत, लाइसेन्स, जारी, नवीकरण, सिफारिस, क्लिनफिड अनुगमन र श्रमजिवी पत्रकारको उजुरी लिने काम समेत बन्द भएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर