कलङ्कीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु – Nepal Press

कलङ्कीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

काठमाडौं । कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका-१४ कलङ्कीस्थित सडकमा बा ६१ प १५३६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कीर्तिपुर नगरपालिका-१० बाघभैरवका ५० वर्षीय राजमान महर्जनको आज बिहान मृत्यु भएको हो ।

बुधबार राति दुर्घटनामा गम्भीर घाइते महर्जनको उपचारका क्रममा नेपाल नेशनल अस्पताल कलङ्कीमा आज बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *