अक्सिजन लेवल घटेपछि पूर्वरानी कोमललाई आईसीयू सारियो – Nepal Press

अक्सिजन लेवल घटेपछि पूर्वरानी कोमललाई आईसीयू सारियो

काठमाडौं । कोरोना संक्रमण भएर उपचाररत पूर्वरानी कोमललाई नर्भिक अस्पतालको आईसीयूमा सारिएको छ । अक्सिजन लेवल घटेपछि हिजो राति आईसीयू सारिएको अस्पताल स्रोतले जानकारी दियो ।

दिल्लीबाट फर्केलगत्तै कोभिड संक्रमण देखिएपछि चार दिनअघि पूर्वराजा ज्ञानेन्द्र र रानी कोमल नर्भिक अस्पताल भर्ना भएका थिए । लगत्तै पूर्वअधिराजकुमारी प्रेरणा पनि संक्रमण भएर सोही अस्पताल भर्ना भएकी छन् ।

अहिले पूर्वराजा ज्ञानेन्द्र र छोरी प्रेरणाको स्वास्थ्य भने स्थिर रहेको अस्पताल स्रोतले जनाएको छ । यद्यपि, पूर्वराजा पनि अक्सिजन सपोर्टमा नै छन् ।

‘पूर्वरानीलाई अक्सिजन बढाउनुपरेकोले आईसीयूमा सारिएको हो,’ स्रोतले भन्यो ‘अहिले उहाँको अक्सिजन लेवल ८७ को आसपास छ ।’

सामान्यतया अक्सिजन लेवल ९४ देखि १०० सम्म हुनुलाई स्वस्थ मानिन्छ । कोरोना संक्रमितको अक्सिजन लेवल लगातार ९० भन्दा तल झर्‍यो भने त्यसलाई चिन्ताका रूपमा लिने गरिन्छ ।


प्रतिक्रिया

One thought on “अक्सिजन लेवल घटेपछि पूर्वरानी कोमललाई आईसीयू सारियो

  1. मौसुफ सरकारहरुमा शिघ्र स्वास्थ्य लाभको कामना, श्री पशुपतिनाथले रक्षा र कल्याण गरून्, जय जननी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर