एमाले प्रवेश गरेका माओवादी नेता खड्काको सांसद पद रिक्त – Nepal Press

एमाले प्रवेश गरेका माओवादी नेता खड्काको सांसद पद रिक्त

काठमाडौं । नेकपा माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्काको पद रिक्त भएको छ ।

राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले बुधवार सूचनापत्र जारी गरी सम्बन्धित दलको लिखित पत्र र संविधान तथा राजनीतिक दल सम्बन्धी ऐन बमोजिम खड्काका पद रिक्त भएको जनाएका छन् ।

खड्का नेकपा एमालेको केन्द्रीय सदस्य मनोनीत भइसकेका छन् । उनलाई माओवादी पार्टीले कारवाही गरेको पत्र दलका नेता दिनानाथ शर्माले सचिवालयमा दर्ता गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर