प्रभु बैंकका नवनियुक्त अध्यक्ष सिटौलाले लिए सपथ – Nepal Press

प्रभु बैंकका नवनियुक्त अध्यक्ष सिटौलाले लिए सपथ

काठमाडौं । प्रभु बैंकको सञ्चालक समितिको अध्यक्षमा नियुक्त लीलाप्रकाश सिटौलाले सपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले उनलाई सोमबार पद तथा गोपनियताको सपथ गराएका हुन् ।

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकास पाएपछि कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत हुँदै सिटौला प्रभु बैंकको सञ्चालक समिति अध्यक्ष बनेका हुन् ।

यसअघि प्रभु बैंकको सञ्चालक समितको अध्यक्षमा देवीप्रकाश भट्टचन थिए । गत पुसमा भएको प्रभु बैंकको सञ्चालक समितिको बैठकबाट भट्टचनबाहेकका अन्य सदस्यहरू चयन भए ।

प्रभु फाइनान्सलाई वाणिज्य बैंकसम्म पुर्‍याउन भट्टचनको महत्वपूर्ण भूमिका छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *