राष्ट्रियसभा उपचुनाव बजेटअघि नै, कुन पार्टीका कति छन् मतदाता ? (सूचीसहित) – Nepal Press

राष्ट्रियसभा उपचुनाव बजेटअघि नै, कुन पार्टीका कति छन् मतदाता ? (सूचीसहित)

माधव नेपाल पक्षले एमालेलाई मत नदिए विपक्षीलाई फाइदा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रियसभा सदस्य पद रिक्त भएसँगै अब उपचुनाव लागेको छ । राष्ट्रियसभा सदस्य रिक्त भएको ३५ दिनभित्र उपचुनाव गराउनु पर्ने बाध्यात्मक व्यवस्था रहेकाले आगामी जेठ पहिलो सातासम्म उपचुनाव हुनेछ ।

बादल २०७४ फागुनमा नेकपा माओवादीको उम्मेदवार बनेर वागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए । त्यसबेला एमाले-माओवादी एकीकरण नभएकाले उनी वाम गठबन्धनका उम्मेदवार थिए ।

गोला तान्दा बादल ६ वर्षका लागि राष्ट्रियसभा सदस्य चुनिए पनि उनको पद रिक्त भएकाले अब हुने निर्वाचन करीव ३ वर्षको लागिमात्र हुनेछ । यो उपनिर्वाचनमा वागमती प्रदेशभित्रका स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभाका सदस्यहरु मतदाता हुन्छन् ।

राष्ट्रियसभामा मतदान गर्ने प्रत्येक एक प्रदेशसभा सदस्यको मतभार ४८ मानिन्छ भने स्थानीय तहका मेयर उपमेयर र अध्यक्ष उपाध्यक्षको मतभार १८ गनिन्छ । यस हिसाबले प्रदेशसभा सदस्यको मत धेरै मानिन्छ ।

वागमती प्रदेशका स्थानीय तह र प्रदेशसभामा एमालेको एकल बहुमत छ । एमालेले बादललाई नै उम्मेदवार बनाउने सम्भावना छ । उनी संसद सदस्य यसबीचमा निर्वाचित हुन सकेनन् भने ६ महिनापछि मन्त्री पदबाट स्वतः मुक्त हुन्छन् ।

एमालेको एकल बहुमत रहे पनि एमाले एकजुट छैन । त्यसको असर राष्ट्रियसभाको उपनिर्वाचनमा पर्ने निश्चित छ । यसबीचमा एमाले औपचारिक रुपमा विभाजन भयो भने अलग परिस्थिति आउला । विभाजन नभए पनि माधव नेपाल पक्षले बादलको पक्षमा मत दिने सम्भावना छैन ।

त्यो अवस्थामा माधव नेपाल पक्षले आफ्नै उम्मेदवार उठाएर माओवादी केन्द्रको समर्थन लिने वा माओवादी केन्द्रको उम्मेदवारलाई माधव नेपाल पक्षले मत दिने सम्भावना रहन्छ । अथवा प्रचण्ड-माधव गठबन्धनले कांग्रेससँग सहकार्य गर्ने सम्भावना पनि उत्तिकै हुन्छ ।

माधव नेपाल पक्षसहित अन्य दल मिल्दा एमालेका उम्मेदवारले चुनाव जित्न कठिन हुनेछ । वागमती प्रदेशसभाका ११० सदस्यमध्ये एमालेका ५७, कांग्रेसका २२, माओवादीका २३ सदस्य छन् । त्यस्तै विवेकशील साझाका ३, नेपाल मजदूर किसान पार्टीका २, राप्रपाका २ र जनता समाजवादी पार्टी (बाबुराम) पक्षका एक सांसद छन् ।

एमालेका ५७ जना मध्ये कम्तिमा २२ जना सांसद माधव नेपाल पक्षका छन् । स्थानीय तहमा एमालेले एक्लै बहुमत स्थान जितेको थियो । स्थानीय तहका प्रमुख र उपप्रमुख गरी एमालेका १३३ मतदाता छन् ।

तीमध्ये धेरैजसो संस्थापन पक्षमै रहेका छन् भने केही अझैसम्म दुवै पक्षमा खुलेका छैनन् । तर एमालेलाई हराउन सक्ने संख्या माधव नेपाल पक्षसँग रहन सक्छ ।

स्थानीय तहका प्रमुख उपप्रमुख कांग्रेसका ६६ जना छन् भने माओवादी केन्द्रका २७ जना छन् । मजदूर किसान पार्टीका २ जना मतदाता छन् भने जसपा (बाबुराम) पक्षका १ जना मतदाता छन् ।

स्थानीय तहमा कुन दलका कति मतदाता छन् ? हेर्नुस् सूची :

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर