विराट गोल्डकपको उपाधि एपीएफलाई – Nepal Press

विराट गोल्डकपको उपाधि एपीएफलाई

विराटनगर । भारतको पञ्जाव पुलिसलाई १–० गोलअन्तरले पराजित गरी छैटौं विराट गोल्डकपको उपाधि विभागीय टोली एपीएफले जितेको छ । जितसँगै एपीएफले १५ लाख १५ हजार रुपैयाँ पुरस्कार पायो ।

विराटनगरस्थित सहिद मैदानमा शनिबार सम्पन्न फाइनलमा खेलको पहिलो हाफमा चुस्त देखिएको एपीएफका प्रदिप लामा नायक बने । उनले खेलको ११ औं मिनेटमा गरेको गोल नै एपीएफको उपाधि लक्ष्यमा निर्णायक बन्यो ।

खेलको सुरूवातदेखि आक्रमक देखिएको एपीएफका बुद्धीमान राईले खेलको दोस्रो मिनेटमा पाएको सुन्दर गोल गर्ने अवसर खेर फाले । बिकु तामाङले निकालेको पासमा बुद्धिमानकोे वान भर्सेस वानको प्रहार बाहिरयो ।

खेलको चौथो ं मिनेटमा एपीएफका कप्तान सुदीप सिखाकारको डिबक्स नजिकदेखिको प्रहार बाहिरिँदा थप गोल गर्ने अवसर खेर गयो ।

खेलको ३८ औं मिनेटमा एपीएफका आशिष लामाले ३० यार्डदेखि गरेको प्रहार पञ्जावका गोलरक्षक सतवीर सिंहले पञ्च गरी उत्कृष्ट बचाउ गरिदिए । नियमित कप्तानको अनुस्थितिमा पञ्जाव पुलिस केहि लड्खडाएको थियो । उनले सेमिफाइनलमा रातो कार्ड पाएका गिए ।

दोस्रो हाफमा आक्रामक देखिए पनि पञ्जावले बारम्बार गोल गर्ने अवसर चुकाउँदा उपबिजेतामा सीमित भयो । उसले ७ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाएको छ । खेलेको ५१ औं मिनेटमा राजवीर सिंहले गरेको प्रहार बाहिरिदा खेल बारबारीमा ल्याउनबाट चुक्यो । ७० औं मिनेटमा प्रमजीत सिंहको वान भर्सेस वानको स्थितिमा गरेको प्रहारमा पोष्टमाथिबाट बाहिरियो ।

एपीएफका लागि यो सिजनको दोस्रो उपाधि हो । यसअघि चौथो गोलबजार गोल्डकपको उपाधि पनि एपीएफले जितेको थियो ।

एपीएफका आशिष लामा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने । उनले मोटरसाइकल पुरस्कार पाए । विधागततर्फ पनि एपीएफकै बर्चश्व रह्यो । उत्कृष्ट गोलरक्षक राजु नगरकोटी, डिफेण्डर सनिश श्रेष्ठ, मिडफिल्डर मणि लामा र प्रशिक्षक सुमित श्रेष्ठ एपीएफकै हुन् । उत्कृष्ट गोलरक्षक संकटाका फोडे फोफाना र सर्बाधिक गोलकर्ता विराटनगर–११ का प्रकाश बुढाथोकीसहित सबैले जनही २५ हजार रुपैयाँ पुरस्कार पाए । आयोजक विराटनगर–११ अनुशासित टिम चुनियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *