आईपीएलः पञ्जावमाथि चेन्नाईको ६ विकेटको जित – Nepal Press

आईपीएलः पञ्जावमाथि चेन्नाईको ६ विकेटको जित

एजेन्सी । इण्डियन प्रिमियर लिग आईपीएलमा चेन्नाई सुपर किंग्सले पञ्जाव किंग्समाथि ६ विकेटको शानदार जित हासिल गरेको छ ।

पञ्जावले दिएको १ सय ७ रनको झिनो लक्ष्य चेन्नाईले १५.४ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । चेन्नाईका लागि मोइन अलीले ४६ र फाफ डू प्लेसिसले ३६ रनको योगदान गरे ।

यसअघि मुम्बईको वाङखेडे रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाव दीपक चहरको धारिलो बलिङसामू १०६/८ को स्थितिमा रोकियो । खेलको म्यान अफ द म्याचसमेत बनेका दीपकले करिअरकै उत्कृष्ट बलिङ गर्दा ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चेर ४ विकेट लिएका थिए ।

पञ्जावका लागि साहरुख खानले सर्बाधिक ४७ रनको पारी खेले । क्रिश गेल (१०), दीपक हूडा (१०) र जे रिचर्डसनले (१५) रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । चेन्नाईका दीपकबाहेक साम करनले पनि एक विकेट लिए । जारी सिजन चेन्नाईको पहिलो जित र पञ्जावको पहिलो हार हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर