संकटालाई हराउँदै पञ्जाव पुलिस विराट गोल्डकपको फाइनलमा, उपाधि भेट एपीएफसँग – Nepal Press

संकटालाई हराउँदै पञ्जाव पुलिस विराट गोल्डकपको फाइनलमा, उपाधि भेट एपीएफसँग

विराटनगर । अघिल्लो साता आहा रारा गोल्डकप जितेको संकटा क्लब छैटौं विराट गोल्डकपको सेमिफाइनलमा भारतको पञ्जाव पुलिससँग १–० ले स्तब्ध भएको छ ।

प्रतियोगिताको उपाधिका लागि विभागीय टोली एपीएफ र पञ्जाव पुलिस भिड्ने भएका छन् । आयोजक विराटनगर–११ लाई हराएर यसअघि नै फाइनलमा पुगिसकेको छ ।

शहीद मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा पहिलो पटक नेपालमा प्रतियोगिता खेलिरहेको पञ्जावका लागि खेलको ७५ औं मिनेटमा परमजीत सिंहले निर्णायक गोल गरेका हुन् । हरजीन्द्र सिंहको क्रसलाई उपयोग गरी परमजितले पेनाल्टी एरियाबाट गोल गरेका हुन् ।

त्यसअघि दुवै टोलीले गोलका बराबर अवसर खेर फालेका थिए । खेलको म्यान अफ द म्याच पञ्जावका परमजित घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए ।

खेल सकिएपछि आपसी बादविवादमा उत्रिएका संकटा र पञ्जावका एक–एक खेलाडीले रातोकार्ड पाए । रेफ्री श्याम दनुवारले पञ्जावका कप्तान जगदीप सिंह र संकटाका सहिद स्माटलाई रातो कार्ड देखाएका हुन् । रातोकार्ड पाएपछि पञ्जावका कप्तानले फाइनल गुमाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर