सुपारी, केराउ, मरिच र छोकडामा लगाइएको कोटा प्रणाली स्थगित – Nepal Press

सुपारी, केराउ, मरिच र छोकडामा लगाइएको कोटा प्रणाली स्थगित

काठमाडौं । सरकारले सुपारी, केराउ, मरिच र छोकडामा लगाइएको कोटा प्रणाली स्थगित गरेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज कोटा निर्धारण स्थगित गरिएको एक सूचना जारी गर्दै जानकारी गराएको हो ।

कोटा प्रणालीमा थप अध्ययन अनुसन्धान गर्नुपर्ने भएकाले कोटा प्रणाली स्थगित गरिएको विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिए । ‘आयात गर्नुपर्ने अवधि र यसमा संसदीय समितिले केही सच्याउनु भनेकाले तत्काललाई स्थगित गरेका हौ, केही समयपछि खुल्छ।’ उनले नेपाल प्रेससँग भने ।

‘कोरोना महामारीका कारण गत वर्ष देशव्यापी लकडाउन भएपछि सरकारले धेरै आयात हुने अतिआवश्यक बाहेकका वस्तु मदिरा, मरिच, केराउ, छोकडा र सुपारी लगायत आयातमा पूर्ण बन्देज लगाएको थियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा गत फागुन २५ गते बसेको बैठकले पूर्ण बन्देजलाई हटाउँदै परिमाणात्मक बन्देज लगाएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *