विना सम्झौता सञ्चालित एक सय १२ पसलमा महानगरपालिकाले गर्याे सिलबन्दी – Nepal Press

विना सम्झौता सञ्चालित एक सय १२ पसलमा महानगरपालिकाले गर्याे सिलबन्दी

काठमाडौं । लामो समयदेखि विना सम्झौता सञ्चालित पुरानो बसपार्क नजिकै राष्ट्रिय सभागृहसँग जोडिएको सिटी मार्केटका एक सय १२ वटा पसलमा काठमाडौं महानगरपालिकाले सिलवन्दी गरेको छ । लामो समयदेखि बिना सम्झौता सञ्चालन गरिरहेको र पटक–पटक ताकेता गर्दा पनि वेवास्था गरेपछि आज शिलबन्दी गरेको महानगरपालिकाले जनाएकाे हाे ।

‘लामो समयदेखि सम्झौता पनि नभएको अवस्थामा हामीले अब त्यहाँ मार्केट नचलाउने गरी अहिलाई बन्द गरेका हौँ,’ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भने, ‘अब त्यसलाई भत्काएर सभागृहकै एक पार्टका रुपमा व्यवस्थित गर्छौ ।’

सिटी मार्केटमा व्यवसाय गर्ने व्यवासायीले २०७६ चैतसम्म व्यवसायीको संघ मार्फत केही बहाल बुझाए पनि त्यसपछि नबुझाएको र पटक–पटक ताकेता गर्दा पनि वेवास्था गरेपछि सिलबन्दी गर्न बाध्य भएको महानगरपालिका राजश्व विभाग प्रमुख डाक्टर शिव अधिकारीले बताए ।काठमाडौँ महानगरपालिकाको खरिद विभागले आय ठेक्कामा लगाउने गरी सार्वजनिक सूचना प्रकाशित गर्दा समेत कुनै प्रस्ताव पेश नभएको उनकाे भनाइ छ ।

उनिहरुलाइ पटक–पटक सूचना दिदाँ पनि नहटाएपछि आज प्रहरी र नगरप्रहरीले सिल गरेको महानगर प्रहरी प्रमुख धनपती सापकोटाले  बताए । पलस सिल गर्ने क्रममा व्यापारीले विना सूचना हटाएको भन्दै हो–हल्ला गरेका थिए । प्रहरीले उनीहरुलाई माइकिङ गर्दा पनि नहटेपछि अवरोध गर्ने केहीलाई पक्राउ गरेकाे थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर