एमाले सांसद रावलको घरमा ढुंगा हान्ने एकजना पक्राउ – Nepal Press

एमाले सांसद रावलको घरमा ढुंगा हान्ने एकजना पक्राउ

काठमाडौं । नेकपा एमालेका सांसद झपट रावलको घरमा गएराति ढुंगा हानेको आरोपमा रामेछापका मनोज तामाङ पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाले २२ वर्षीय तामाङलाई पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी चन्द्रकुबेर खापुङले जानकारी दिए ।

उनीसँगै ढुंगा हान्ने नसिन लिम्बु भने फरार छन् । दुईजनाले ढुंगा प्रहार गरेका बेला प्रहरीलाई खबर गर्न खोज्दा सम्पर्क नभएको भन्दै सांसद रावलले बिहीबार राज्य व्यवस्था समिति बैठकमा गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

पक्राउ परेका तामाङले सांसद रावल नचिनेको र आफूले सो घर अगाडि पार्किङ गरेको मोटरसाइकलको हावा घरबेटीले खुस्काइदिएकाले ढुंगा हानेको प्रारम्भिक बयान दिएका छन् ।

गाडी निस्किने ठाउँमा मोटरसाइकल पार्किङ गर्दा समस्या भएकाले घरधनीले हावा खुस्काइदिएपछि राति मदिरा सेवन गरेर आएर ढुंगा हानेको बुझिएको छ ।


प्रतिक्रिया

One thought on “एमाले सांसद रावलको घरमा ढुंगा हान्ने एकजना पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर