गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव आउँदै – Nepal Press

गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव आउँदै

काठमाडौं । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध कांग्रेस र माओवादीले अविश्वास प्रस्ताव दर्ता गर्न लागिरहेका बेला गण्डकी प्रदेशसभाको चालु अधिवेशन बुधवार मध्यरातदेखि नै अन्त्य भएको छ ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १ गते राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन् ।

विपक्षी गठबन्धनले मुख्यमन्त्रीविरुद्ध आजै अविश्वास प्रस्ताव दर्ताको तयारी गरेको छ।

कांग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री प्रस्ताव गरी दर्ता गर्न लागिएको सो प्रस्तावमा जनमोर्चाले पनि साथ दिने भनेको छ ।

तीन सिट रहेको जनमोर्चाले अविश्वास प्रस्तावमा साथ दिएमा एमालेको सरकार ढल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर