सेल्फी खिच्न खोज्दा कुभिण्डे दहमा डुव्यो डुंगा, ७ जनाको उद्धार – Nepal Press

सेल्फी खिच्न खोज्दा कुभिण्डे दहमा डुव्यो डुंगा, ७ जनाको उद्धार

सुर्खेत । सल्यानको प्रमुख पर्यटकीय स्थल कुभिण्डे दहमा ७ जना सवार एक डुंगा डुबेको छ । डुंगा डुवे पनि त्यसमा सवार ७ जनालाई अन्य डुंगा सवार व्यक्तिले उद्धार गर्न सफल  भएका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे हाे ।

दिउसो अन्दाजी सवा १२ बजेको समयमा बनगाड कुभिण्डे नगरपालिका ८ स्थित कुभिण्डे तालमा नयाँ वर्ष मनाउन गएका सात जना सवार डुंगा तालको किनारबाट दुइ सय मिटर पर डुवेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी  प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी)  गोविन्द थापाले जानकारी दिए ।

डुंगामा प्वाल परेकाले डुंगा डुबेकाे उनकाे भनाइ छ । तर प्रत्यक्षदर्शीले भने डुंगामा सवार व्यक्ति सेल्फि खिचिरहेको र भिडियो खिचिरहेको समयमा डुंगामा बढी भार परेर पानी भरिएका कारण यो दुर्घटना भएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर