एक महिनामा नै ३४ करोडले बढ्यो क्यूआर कोडमार्फत हुने कारोबार – Nepal Press

एक महिनामा नै ३४ करोडले बढ्यो क्यूआर कोडमार्फत हुने कारोबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्न विभिन्न क्षेत्रमा क्यूआर कोड जडान गरेसँगै कोडमार्फत भुक्तानी गर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।

गत महिनासम्म न्यून मात्रामा क्यूआर कोडमार्फत भुक्तानी हुने गरेकोमा फागुनमा ३४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन २०७७ अनुसार गत माघको तुलनामा फागुनमा मात्र ३४ करोड ३० लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

गत माघमा एक अर्ब ७१ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएकोमा फागुनमा दुई अर्ब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको हो । यसैगरी, गत माघ महिनामा पाँच लाख ३५ हजार ७९० पटक कारोबार भएकोमा फागुनमा छ लाख ३५ हजार ७३८ पकट कारोबार भएको छ ।

पछिल्लो समय कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेटमार्फत हुने कारोबार रकममा वृद्धि हुने गरेको छ । गत महिनाको तुलनामा माघमा मात्र अनलाइनमार्फत १० अर्ब रुयैयाँ बढीको कारोबार भएको छ ।

कनेक्ट आईपीएसमार्फत एक खर्ब दश अर्बको कारोबार राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्याङ्कअनुसार कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर स्क्यान र मोबाइल वालेटमार्फत फागुनमा मात्र करिब डेढ खर्ब बढीको कारोबार भएको छ ।

माघमा मात्र एक खर्ब ७२ अर्ब चार करोड ६० लाख रुपैयाँ बढीको कारोबार भएको छ । गत माघमा एक खर्ब ६३ अर्ब ८७ करोड रुपैयाँ बढीको कारोबार भएको थियो । गत माघको तुलनामा फागुनमा मात्र आठ अर्ब १७ करोड ६० लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

यसैगरी माघमा मोबाइल बैकिङमार्फत रु ४० अर्ब ३५ करोड ९० लाख बढीको कारोबार भएको छ । गत माघमा ३८ अर्ब ५९ करोड रुपैयाँ बढीको कारोबार भएको थियो ।

फागुनमा मोबाइल बैंकिङमार्फत एक करोड ८२ हजार पटक कारोबार भएको छ । इन्टरनेट बैंकिङमार्फत आठ अर्ब ८८ करोड बढीको कारोबार भएको छ । वालेटमार्फत १० अर्ब १८ करोड बढीको कारोबार भएको छ ।

गत माघमा वालेटमार्फत नौ अर्ब ९४ करोड ८० लाख बराबरको कारोबार भएको थियो । एक महिनामा एक करोड ६१ लाख ४ हजार पटक कारोबार भएको छ । यसैगरी गत माघमा अनलाइन (इ–कमर्श) बाट  ९३ करोड २० लाख बराबरको कारोबार भएकोमा फागुनमा उक्त रकममा कमी आएको छ ।

गत माघको तुलनामा इ–कमर्शको कारोबारमा दुई करोड ८० लाखले कमी आएको हो । इ–कमर्शबाट फागुनमा ९० करोड ४० लाख बराबरको कारोबार भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *