समृद्ध नेपाल निर्माण अभियानमा २०७८ सालले थप उत्साह दिनेछ : मुख्यमन्त्री पौडेल – Nepal Press

समृद्ध नेपाल निर्माण अभियानमा २०७८ सालले थप उत्साह दिनेछ : मुख्यमन्त्री पौडेल

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले २०७८ सालले समृद्ध नेपाल निर्माणको अभियानमा सबैलाई थप उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारका सम्पूर्ण प्रयास ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माण गर्ने राष्ट्रिय सङ्कल्प पूरा गर्ने दिशामा लक्षित रहेको बताएका छन् ।

सन्देशमा उनले राजनीतिक स्थिरता, सुशासन र समृद्धिका लागि निर्वाचनबाट प्राप्त जनादेशअनुसार जनआकाङ्क्षा पूरा गर्न प्रदेश सरकार प्रयासरत रहेको उल्लेख गरेका छन् ।

‘नयाँ संरचनाका अनेकौँ चुनौती सामना गर्दै यहाँसम्म आइपुग्दा केही उल्लेखनीय परिवर्तनहरू भएका छन् । विशेषगरी समाजका सबैभन्दा पछि रहेका वर्ग एवं समुदायको सशक्तिकरणलाई प्रदेश सरकारले प्राथमिकता दिएको छ’, मुख्यमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ, ‘यसबीचमा उत्पादन एवं रोजगारी सिर्जना, कृषि, पर्यटन, उद्योग, यातायात, शिक्षालगायतका क्षेत्रमा महत्वपूर्ण परिवर्तनको बलियो आधार तय गरिएको छ । ‘


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर