मुख्यमन्त्री शाहीद्वारा प्रदेशसभामा विश्वासको मत लिने पत्र दर्ता, ३ गते नै टुंगिने – Nepal Press

मुख्यमन्त्री शाहीद्वारा प्रदेशसभामा विश्वासको मत लिने पत्र दर्ता, ३ गते नै टुंगिने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गरेका छन् । प्रदेशसभा सचिवालयमा उनले हिजो उक्त पत्र दर्ता गराएका हुन् ।

प्रदेश सभा सचिव जीवराम बुढाथोकीका अनुसार ३ गते बस्ने प्रदेशसभा वैठकमा सबैभन्दा पहिले सरकारले सदन नचलेको समयमा ल्याएका अध्यादेश मन्त्रीले टेबल गर्नेछन् । तत्पश्चात दलका नेताहरुको सम्वोधन हुनेछ भने अन्तिममा मत विभाजन प्रणाली अनुसार विश्वासको मत लिने प्रक्रिया सुरु हुनेछ ।

एमालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाहीको सरकार अल्पमतमा परेको छ । उनलाई प्रतिस्थापन गरेर आफ्नै नेतृत्वमा सरकार निर्माणका लागि एमालेले गृहकार्य गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर