अष्ट्रेलियाली प्रधानमन्त्रीदेखि अमिताभ बच्चनसम्मले दिए नेपाली नयाँवर्षको शुभकामना – Nepal Press

अष्ट्रेलियाली प्रधानमन्त्रीदेखि अमिताभ बच्चनसम्मले दिए नेपाली नयाँवर्षको शुभकामना

काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसन र बलिउड अभिनेता अमिताभ बच्चनले नेपाली नयाँवर्षको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

अष्ट्रेलियाको प्रधानमन्त्री कार्यालयद्धारा जारी शुभकामना सन्देशमा अष्ट्रेलिया तथा संसारका नेपाली समुदायलाई शान्ति र सुरक्षाको कामना गरिएको छ ।

मरिसनले भनेका छन् -नयाँवर्षको उत्सव अष्ट्रेलियाको फराकिलो समुदायलाई नेपालको अद्धितीय संस्कृतिको बारेमा अनुभव गराउने सुवर्ण अवसर पनि हो ।’

बलिउड अभिनेता बच्चनले पनि नेपाली नयाँवर्षको अवसरमा आरोग्यताको कामना गरेका छन् । उनी लेख्छन् –विक्रम संवत २०७८ हिन्दू नवबर्ष एवं नवरात्रीको अवसरमा तपाईको परिवारलाई धेरै शुभकामना । माता रानीको अशिर्वाद तपाई र परिवारमा सँधै रहोस् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर