चितवनमा कोरोना संक्रमित पुरुषको मृत्यु – Nepal Press

चितवनमा कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-१८ का ५२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण आज मृत्यु भएको छ ।

निमोनिया, मधुमेह र रक्तचापको उपचारका लागि चैत २२ गते भरतपुर अस्पताल पुग्नु भएका उनको सोही दिन नमुना परीक्षण गर्दा कारोना सङ्क्रमणको पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए ।

उनको शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय भइरहेको उनले जानकारी दिए ।

जिल्लामा हालसम्म ६ हजार ९ सय ७९ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

अहिले जिल्लामा ६८ जना सक्रिय संक्रमित छन् । तीमध्ये सात अस्पतालमा र ६१ जना होम आइसोलेसनमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर