हत्या गरी फरार व्यक्ति १७ वर्षपछि पक्राउ – Nepal Press

हत्या गरी फरार व्यक्ति १७ वर्षपछि पक्राउ

काठमाडौं । बन्चरो प्रहार गरी छिमेकीको हत्या गरी फरार एक व्यक्तिलाई बर्दिया प्रहरीले १७ वर्षपछि सोमबार पक्राउ गरेको छ ।

बर्दिया बढैयाताल वडा नम्बर ३ मा जितबहादुर गोदार क्षेत्रीको २०६० साल कात्तिक १० गते बन्चरो प्रहारपछि हत्या भएको थियो ।

त्यस हत्याकाण्डमा संग्लग्न ९ जनालाई त्यतिबेलै पक्राउ गरी २० वर्षको कैद सजायँ सुनाइए पनि मुख्य योजनाकार मानिएका कृपाराम खटिक हिजो सोमबार पक्राउ परेका हुन् । जिल्ला अदालतको फैसलाअनुसार उनलाई हिजै जिल्ला कारगार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ । उनलाई प्रहरीले बढैयाताल–३ बाटै पक्राउ गरेको हो ।

खटिकले बन्चरो प्रहरी गरी हत्या गरेलगत्तै भारततर्फ भागेको बयान दिएका छन् । ९ वर्षसम्म उनी भारतको रुपैडिया, नानपारा लगायतका ठाउँमा मजदूरी गरी बसेको र पछिल्लो करिव ९ वर्षदेखि रुपैडियाको मोहनपुरमा स्थायी बसोबास गर्दै आएका थिए । त्यहाँ उनले कृषि र पशुपालन व्यवसाय गरिरहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर