टिपरको ठक्करबाट वृद्धको मृत्यु भएपछि इटहरी तनावग्रस्त – Nepal Press

टिपरको ठक्करबाट वृद्धको मृत्यु भएपछि इटहरी तनावग्रस्त

इटहरी । टिपरको ठक्करबाट पैदलयात्री एक वृद्धको मृत्यु भएपछि इटहरी चोकमा प्रदर्शन भएको छ ।

मृतकका आफन्तले इटहरीको मुख्य बजारमा टायर बाल्नुका साथै इलाका प्रहरी कार्यालयअघि धर्ना बसेका छन् । आक्रोशित स्थानीयले पूर्व-पश्चिम राजमार्ग बन्द गराएका छन् ।

००१ ख ८६६५ नम्बरको टिपरको ठक्करबाट इटहरी-२ का ८१ वर्षीया कर्णबहादुर गुरुङको मृत्यु भएको हो । सडक किनारमा हिँडिरहेका गुरुङ ढलेपछि टिपर पुन: ब्याक गरी मारिएको आफन्तको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *