ओलीको ‘एग्रेसिभ लिडरसिप’ बाट प्रतिपक्ष आत्तियो : सांसद सिलवाल (भिडियो) – Nepal Press

ओलीको ‘एग्रेसिभ लिडरसिप’ बाट प्रतिपक्ष आत्तियो : सांसद सिलवाल (भिडियो)

काठमाडौं । नेकपा एमालेका सांसद नवराज सिलवालले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘एग्रेसिभ लिडरसिप’बाट प्रतिपक्षी दल तर्सिएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद सिलवालले समृद्धि र सुशासनलाई प्रधानमन्त्री ओलीले सही ढंगले नेतृत्व गरेकोले प्रतिपक्षी दललाई आघात पुगेको बताए ।

‘केपी ओलीले जसरी समृद्धिलाई लिड गरिरहनुभएको छ त्यसबाट प्रतिपक्षका साथीहरुलाई आघात पुगेजस्तो छ । सरकारले गरेको राम्रो कामलाई राम्रो देख्न सक्नुपर्छ’, सिलवालले भने । उनले संसदप्रति जनताको ठूलो अपेक्षा भएपनि संसदभित्र वौद्धिक बहस हुन नसकेको बताए ।

‘सरकारलाई अनावश्यक ढंगले लाञ्छित गर्ने कामले संसदको गरिमा बढेन सभामुख महोदय । अहिले संसदको कारवाही सबै जनताले लाइभ हेरिरहेका छन् । म पहिलोपटक संसदमा छु । तर, संसदप्रतिको मेरो अपेक्षा पूरा भएन’, सिलवालले भने ।

उनले मेलम्चीको जस लिन दलहरूले प्रतिस्पर्धा गरेपनि घरमा पानी पुगेका सबै जनताले ओली सरकारलाई धन्यवाद दिइसकेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर