२ बालिकामाथी करणी गरेको अभियोगमा एक सातामा २ जना पक्राउ – Nepal Press

२ बालिकामाथी करणी गरेको अभियोगमा एक सातामा २ जना पक्राउ

पोखरा । कास्कीमा बालिका बलात्कार गरेकाे अभियोगमा एक साताकाे अवधिमा २ जना पक्राउ परेका छन् । दुवै जनालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका ९ घर भई हाल पोखरा–९ बस्ने २३ वर्षका ईश्वर श्रेष्ठ र कास्कीको मादी १ सिक्लेसका २९ वर्षका गमबहादुर परियार छन् । प्रहरीले एकै दिन दुवैलाई सार्वजनिक गरे पनि दुवैले फरक–फरक समयमा फरक–फरक ठाउँमा बालिका बलात्कार गरेको आरोप छ ।

शनिबार पोखरा ९ बाट पक्राउ परेका श्रेष्ठमाथी १५ वर्षीय वर्षका बालिकालाई जबर्जस्ती करणी गरेको आरोप छ । ‘घरमा कोही नभएको अवस्थामा डरत्रास, धम्की दिएर जबर्जस्ती करणी गरेको पाइयो,’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक (डिएसपी) सुवास हमालले भने, ‘उनलाई पोखरा ४ बाट नियन्त्रणमा लिएका हौं ।’

श्रेष्ठविरुद्ध जबर्जस्ती करणी उद्योग कसुरमा अदालतबाट दिन १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी हमालले जानकारी दिए । बुधबार कास्कीको मादी १ सिकलेसबाट पक्राउ परेका २९ वर्षका परियारमाथी १८ वर्षका मजदुरमाथि बलात्कार गरेको आरोप छ । धारामा पानी भर्न जाने क्रममा ती बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले मादी १ सिक्लेसका परियारलाई पक्राउ गरेको हो ।

‘निज प्रतिवादीविरुद्ध जबरजस्ती करणी कसुरमा अदालतबाट ८ दिन म्याद थप थप गरेको अनुसन्धान भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी हमालले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *