शिवपुरी जंगलमा भएको आगलागी नियन्त्रणमा – Nepal Press

शिवपुरी जंगलमा भएको आगलागी नियन्त्रणमा

काठमाडौं । शिवपुरी जंगलमा भएको आगलागी नियन्त्रणमा आएको छ । आज बिहान डढेलो लागेपछि हेलिकप्टरमार्फत पानी खसालेर डढेलो नियन्त्रणमा लिइएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको हो ।

हेलिकप्टरमा मेलम्ची खानेपानी आयोजनाको पानी प्रयोग गरिएको प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार हेलिकप्टरबाट २५ पटक पानी ओसारीएको थियो ।

उनका अनुसार यस अघि स्थानीय तह र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल आगो नियन्त्रणका लागि खटाइएका थिए ।हेलिकप्टरबाट पानी फालेर आगो निभाउने प्रयास नेपालमा सम्भवत पहिलो पटक गरिएको हो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *