शिवपुरी जंगलमा लागेकाे आगो हेलिकप्टरबाट पानी ओसारेर निभाउन थालियो (तस्बीरहरु) – Nepal Press

शिवपुरी जंगलमा लागेकाे आगो हेलिकप्टरबाट पानी ओसारेर निभाउन थालियो (तस्बीरहरु)

काठमाडौं । काठमाडौंको नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको आगो नियन्त्रण गर्न हेलिकप्टरबाट पानी खसाल्न थालिएको छ । सिम्रिक एयरको ३ वटा हेलिकप्टरमार्फत पानी खसालेर आगो निभाउने प्रयास भइरहेको छ ।

महानगरीय प्रहरी वृत महाराजगञ्जका अनुसार नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना आगलागी नियन्त्रणमा जुटेको हो ।

बिहानै आलागी भएको खवर पाएपछि तीन वटै सुरक्षा निकायको टोली खटिएको छ । आशा गरौ साँझसम्म नियन्त्रणमा आउला । वृतका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) रोशन खड्काले नेपाल प्रेससँग भने ।

फोटो स्रोत  : गोरखापत्रबाट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर