लहानमा गोली हानेर सुनचाँदी व्यवसाय गर्ने युवकको हत्या, श्रीमती घाइते – Nepal Press

लहानमा गोली हानेर सुनचाँदी व्यवसाय गर्ने युवकको हत्या, श्रीमती घाइते

जनकपुरधाम । सिरहाको लहान नगरपालिका-२२ मा सुनचाँदीका पसल गरेका एक युवकलाई लुटेरा समूहले गोली हानेर हत्या गरेका छन् ।

मृतकको नाम खुल्न सकेका छैन ।

लुटेराले ती युवकका श्रीमतीमाथि समेत गोली हानेको र उनलाई उपचारका लागि स्थानीय सप्तऋषि अस्पताल लगिएको  सिरहाका एसपी सुदीपराज भण्डारीले बताए । एसपी भण्डारी अहिले घटनास्थलमा रहेको र थप अनुसन्धान भइरहेको बताए ।

प्रहरीका अनुसार गोली हानी हत्या गरिएका युवक वडाध्यक्ष कन्हैया गुप्ताको घरमा सुनचाँदी पसल गर्दै आएका थिए ।

श्रीमतीसँग त्यही बसेका बेला लुटेरा समूहले गोली चलाएको बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर