एक महिना नपुग्दै प्रदेश १ का अर्थमन्त्रीको दोस्रो सपथग्रहण – Nepal Press

एक महिना नपुग्दै प्रदेश १ का अर्थमन्त्रीको दोस्रो सपथग्रहण

काठमाडौंं । प्रदेश १ का अर्थ तथा योजनामन्त्री टंक आङ्बुहाङले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । मन्त्री बनेको एक महिना नपुग्दै उनले पुनः नियुक्ति पाएर सपथ लिएका हुन् ।

माओवादी केन्द्रको कारवाहीपछि प्रदेशसभा सदस्य पद गुमाएका आङबुहाङलाई मुख्यमन्त्री शेरधन राईले अर्थ तथा योजना मन्त्रीमा शुक्रवार पुनः नियुक्ति गरेका थिए । प्रदेश प्रमुख सोमनाथ प्यासीले उनलाई सपथग्रहण गराएका हुन् ।

सपथ ग्रहण समारोहमा मुख्यमन्त्री राई, संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल लगायतको उपस्थिति रहेकाे थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर