थ्री स्टारलाई ४-० ले हराउँदै पुलिस आहा रारा गोल्ड कपको सेमिफाइनलमा – Nepal Press

थ्री स्टारलाई ४-० ले हराउँदै पुलिस आहा रारा गोल्ड कपको सेमिफाइनलमा

पोखरा । पाँच पटकको विजेता थ्री स्टार क्लबलाई ४-० को नतिजामा पराजित गर्दै नेपाल पुलिस क्लब आहा रारा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुद्ध बल तामाङले २८ औं मिनेटमा गरेको गोलसँगै पहिलो हाफमा १-० को अग्रता बनाएको पुलिसले दोस्रो हाफमा थप ३ गोल थप्यो ।

तेज तामाङले प्रहार गरेको फ्रि-किकलाई ६ यार्ड बक्स भित्रबाट ट्याप इनमार्फत गोल गर्दै बुद्धले गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए । दोस्रो हाफमा थ्री स्टारको रक्षापंक्तिमाथि हाबी बनेको पुलिसले ६७औं मिनेटमा तेजले गरेको गोलसँगै अग्रता २-० मा लम्ब्याएको थियो ।

त्यसको ६ मिनेट नबित्दै सुमन लामाले ७३औं मिनेटमा गरेको गोलसँगै पुलिसले अग्रता ३- ० मा पुर्‍याएको थियो । थ्री स्टारमाथि हाबी बनेको ६ पटकको आहा रारा गोल्ड कप च्याम्पियन पुलिसका लागि ८५औं मिनेटमा सौजन राई याख्खाले गोल गर्दै टोलीका लागि ४-० को जित सुनिश्चित गरे ।

जितसँगै फाइनल नजिक पुगेको पुलिसले सेमिफाइनलमा अफ्रिकन रूट एसोसिएसनसँग बिहीबार खेल्ने छ । भ्रमणकारी टोली अफ्रिकन रूट क्वार्टरफाइनलमा ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबलाई २-१ गोलको नतिजामा पराजित गर्दै अन्तिम चारमा पुगेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर