पत्रकार महासंघका ‘स्वतन्त्र’ उम्मेदवार प्रेस यूनियनको ६ वर्षे कारवाहीमा – Nepal Press

पत्रकार महासंघका ‘स्वतन्त्र’ उम्मेदवार प्रेस यूनियनको ६ वर्षे कारवाहीमा

काठमाडौं । नेपाल पत्रकार महासंघमा विभिन्न पदमा स्वतन्त्र उम्मेदवार बनेका ११ पत्रकारलाई प्रेस युनियनले कारबाही गरेको छ। नेपाली कांग्रेस आबद्ध पत्रकारको संस्था प्रेस युनियनका सदस्यहरुले संगठनको अनुशासन उल्लंघन गरेर उम्मेदवार फिर्ता नलिएपछि कारवाही गरेको हो ।

युनियनका विभिन्न पदमा रहेका देहायका क्रियाशील रहेका उनीहरुले उम्मेदवारी फिर्ता लिन गरेको आग्रहलाई नमानेको भन्दै कम्तीमा ६ वर्षसम्मका लागि साधारण सदस्यता समेतबाट निष्काशन गरिएको अनुशासन आयोगका अध्यक्ष दीपक आचार्यले विज्ञप्तिमार्फत जनाएका छन् ।

कारबाही पर्नेमा अवधेश झा, सुवोध गौतम, यमप्रसाद शर्मा (यम विरही), माधव दुलाल, लक्ष्मण कार्की, देवबहादुर कुँवर, रवीन थपलिया, भूपेन्द्र आचार्य, बिरेन्द्र केएम, राकेशकुमार मिश्र र नन्द्रबहादुर ऐरी रहेका छन्।

झा निर्मला शर्मा नेतृत्वको प्यानलबाट समावेशी उपाध्यक्षमा उम्मेदवार बनेका छन् । उनी जसपा निकट पत्रकार संगठनबाट गठबन्धनको उम्मेदवार बनेका हुन् । बिरही र दुलालले प्रेस युनियन टिकट नपाएपछि सचिव र कोषाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनीहरु दुवैजना महासंघको केन्द्रीय सदस्य हुन् ।

त्यस्तै कार्की केन्द्रीय लेखा आयोगमा स्वतन्त्र उम्मेदवार बनेका छन् भने आचार्य र केएम पनि निर्माला शर्माको प्यानलबाट केन्द्रीय सदस्य उम्मेदवार बनेका छन्।

त्यस्तै पार्टी र प्रेस यूनियनको सहमति विपरित उम्मेदवारी दिएको भन्दै नेपाली कांग्रेस कपिलबस्तुले पनि पत्रकार रमेश मिश्रालाई १ वर्षका लागि पार्टीबाट निलम्बन गरको छ।

पत्रकार महासंघको बुधवार हुने निर्वाचनमा कांग्रेस निकट प्रेस युनियन, मओवादी निकट प्रेस सेन्टर, एमालेको माधव नेपाल पक्षीय प्रेस चौतारी, नेकपा मसाल लगायत बिभिन्न दल निकट पत्रकार संगठनहरुको संयुक्त प्यानलबाट बिपुल पोखरेल अध्यक्षको उम्मेदवार छन् ।

त्यस्तै एमाले निकट प्रेस चौतारीको प्यानलबाट निर्मला शर्मा अध्यक्ष उम्मेदवार छन् भने गजेन्द्र बुढाथोकी स्वतन्त्र उम्मेदवार छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर